युएईमा जारी एसिसी यु–१९ एसिया कपमा श्रीलंकाले नेपालसामु ३२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
युएईस्थित सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनायो ।
श्रीलंकका लागि सदिश राजापाक्षे र चमिन्दु विक्रमसिंघेले शतकीय पारी खेले । १३१ रन बनाएका राजापाक्षेले ११९ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे ।
१२६ बलको सामना गरेका विक्रमसिंघेले ८ चौका र २ छक्काको मद्दतले १११ रन बनाए ।
दोस्रो विकेटका लागि राजापाक्षे र विक्रमसिंघेले २२३ रनको उत्कृष्ट साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफलसम्म पुर्याएका थिए ।
कप्तान दुनिथ वेललागेले अविजित ३४ रन जोडे ।
नेपालका लागि मोहम्मद आदिल अलामले २ र कप्तान देव खनाल र विवेक यादवले १–१ विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।