ए डिभिजन लिग : संकटाको सहज जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा संकटा क्लबले ब्रिगेट ब्वाइज(बीबीसी)लाई ३-० गोल अन्तरले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले १२औँ मिनेटमा अग्रता लिएको हो । जोर्डन जुनियर ओनाको पासमा उत्तम राईले हेडरमार्फत गोल गर्दै संकटालाई पहिलो सफलता दिलाएका हुन् ।

खेलको २८औँ मिनेटमा फोडे फोफनाको क्रसमा उत्तम राईले पुनः गोल गर्दै संकटाको अग्रतालाई दोब्बर बनाए ।

खेलको ३९ औँ मिनेटमा उत्तम राईको पासमा लक्ष्मण रुचालले गोल गर्दै पहिलो हाफमा नै संकटालाई ३-० अवस्थामा पुर्याए ।

दोस्रो हाफमा पनि ब्रिगेट ब्वाइजलाई दबाबमा राख्दै खेलेको थियो । दबाबमा राखे पनि दोस्रो हाफमा संकटाले गोल भने निकाल्न सकेन ।

बीबीसीका तर्फबाट भने केही प्रयास भए पनि गोल भने हुन सकेन ।



जितसँगै संकटा ६ खेलमा १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा मात्र ५ अंक जोडेको बीबीसी १० औँ स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १५:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया