महाधिवेशनस्थल पुगे एमाले महासचिव शंकर पाेखरेल

नेकपा माओवादी केन्द्रको ८ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पाेखरेल महाधिवेशनस्थल पुगेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने भन्दै महासचिव शंकर पोखरेललाई पठाएका हुन् ।

काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन समारोह चलिरहेको छ । 

महाधिवेशनमा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रज्ञा भवन पुगेका छन् । अन्य दलहरूका शीर्ष नेताहरू पनि उद्घाटन समारोहमा सहभागी छन् ।
 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १५:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया