थप २१९ संक्रमित, २ काे मृत्यु

पछिल्लाे २४ घन्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा ९ हजार ६७७ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे ।

यही अवधिमा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ।

यसैगरी २८३ जना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १६:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया