काठमाडाैं उपत्यकामा थप ११३ जना संक्रमित

पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११३ जना कोरोना संक्रमित थपिएका छन्। 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ११३ जनामा संक्रमण पुष्टि भएकाे हाे। संक्रमितमध्ये भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौंमा ७७ जना रहेका छन् ।

योसँगै उपत्यकामा १८६० सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी नेपालमा पछिल्लाे २४ घन्टामा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ संक्रमितकाे ज्यान गएकाे छ ।
 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १६:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया