काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र) को ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले राजनीतिक दल शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्न सकिने बताए । 

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै  काम र व्यवहारलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलले काम गर्नुपर्ने बताए।

‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसो भए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहारलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्न भन्दै परिवर्तन, नेपाली जनताको हितको लागि हुनुपर्ने बताए ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १८:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया