कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट प्रा.दाहालको राजीनामा

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट प्रा. पुरुषोत्तम दाहालले राजीनामा दिएका छन् । दाहाललाई कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिले २०७५ साउन १ गते कार्यकारी निर्देशक नियुक्त गरेका थिए । 

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै दाहालले यही ९ पुसबाट लागू हुने गरी राजीनामा दिएका हुन् । नवनिर्वाचित सभापति तथा उपसभापतिलाई नवीन परिस्थितिमा कार्य सहजीकरण होस् भन्ने अभिप्रायले राजीनामा दिएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

राजीनामापत्रमा उनले तत्कालीन उपसभापति विमलेन्द्र निधि र नवनिर्वाचित उपसभापतिद्वारा पूर्णबहादुर खड्का र धनराज गुरुडलाई बोधार्थ दिएका छन् । 

प्रतिष्ठान पार्टीको सैद्धान्तिक, वैचारिक र नीतिगत स्पष्टताका लागि निरन्तर क्रियाशील हुनुपर्ने र यसलाई संस्थागत बनाउन पार्टीले गम्भीर हुनुपर्ने उनले सुझाब दिएका छन् ।

विसं २०३१ देखि नेपाल विद्यार्थी संघ हुँदै दाहालले कांग्रेस पार्टीमा लामो समयसम्म योगदान दिएका छन् । प्राध्यापन पेसाबाट भर्खरै अवकाश पाएका दाहालले कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य, २०४८ र ०५१ को आमनिर्वाचनमा प्रचार समितिको सदस्य र सदस्यसचिव भएर काम गरेका थिए । 

प्रतिष्ठानलाई संस्थागत विकास गराउन अभिलेखीकरण, प्रशिक्षण पुस्तक प्रकाशन र देशव्यापी प्रशिक्षणमा महत्वपूर्ण कार्य भएको जनाएका छन् । दाहाल चर्चित रोडियो कार्यक्रम ‘घटना र विचार’का संस्थापक संयोजक हुन् । 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार २१:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया