कस्तो रहला आज दिनभरको मौसम?

पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिएर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना छ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ६:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया