फ्रान्समा एकैदिन १ लाख ४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टमा १ लाख ४६११ संक्रमित थपिएका हुन् ।

यो संख्या फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । अधिकारहीहरूका अनुसार ३ हजार २८२ जनाको आईसियूमा उपचार भइरहेको छ । 

ओमिक्रन भेरियन्ट बढेसँगै फ्रान्समा संक्रमितको संख्या पनि तीव्र वढिरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलव ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।

बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरूले बताएका छन् । 

त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ । फ्रान्समा कोभिडका कारण १ लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।  





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया