महाधिवेशनमा प्रचण्ड सुसंस्कृत र भव्य देखिनुभयो : वामदेव गौतम

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रशंसा गरेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् ।

‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो,’ सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया