‘ए डिभिजन लिगमा आज छैटौं चरणको अन्तिम खेल

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा सोमबार एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छैटौं  चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुन लागेका हुन् । 

यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको सातदोबाटो जावलाखेललाई हराएर चौथो स्थानमा उक्लने प्रयासमा हुनेछ ।

५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको जावलाखेल पनि आज सातदोबाटोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया