इंग्लिस प्रिमियर लिगअन्तर्गत एस्टन भिल्लामाथि चेल्सीले ३-१ को सहज जित हात पारेको छ ।
गएराति भएको खेलमा चेल्सीका लागि जर्जिन्होको दुई र रोमेलु लुकाकुले एक गोल गरे । भिल्लाले एक गोल आत्मघाती उपहार स्वरूप पाएको थियो ।
भिल्ला पार्कमा खेलको २८ औं मिनेटमा रिस जेम्सको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ३४ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
कलुम हड्सन ओडोइलाई पेनाल्टी क्षेत्रमा माट्टी कासले फउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर प्राप्त थियो । ५६ औं मिनेटमा लुकाकुले ओडोइको पासमा गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए ।
थप गरिएको समयमा जर्जिन्होले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे । इज्री कोन्साले लुकाकुमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए ।
यो जितसँगै १९ खेलमा ४१ अंक जोडेर चेल्सी तेस्रो स्थानमा कायम रहँदा एस्टन भिल्ला २२ अंकका साथ ११ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।