अध्ययनकाे खुलासा- सन् २०३० पछि चीन विश्वकै सबैभन्दा ठूलाे अर्थतन्त्र भएकाे देश बन्ने

विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ । बेलायतको कन्सलटेन्सी सिवरले गरेकाे अध्ययनमा सन् २०३० पछि मात्र चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्नेछ । 

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनमा जनाइएको छ । ‘सन् २०२० को दशकमा मुद्रास्फीतिसँग विश्वको अर्थतन्त्रले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण विषय हो,’ सिवरका उपाध्यक्ष डोगलास म्याकविलियमले भने ।

प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्नेछ । त्यसैगरी, सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरूको सूचीमा रहनेछ भने सन् २०३४ मा इन्डोनेसिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वर्ल्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो । 

आगामी वर्ष विश्वको आर्थिक उत्पादन १०० खर्ब डलरबराबर हुने अध्ययनमा जनाइएकाे छ । 


 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ११:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया