तालिबान सरकारका विदेशी राजनीतिक मामिलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।
आइतबार एक सभामा अफगानिस्तान एक स्वतन्त्र देश भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।
उनले भने, ‘दुश्मनले यो सोच्न हुँदैन कि अफगानिस्तान ४० वर्षको युद्धबाट कमजोर भएको छ । आवश्यक पर्यो भने हामीसँग अझै ४० वर्ष लड्ने क्षमता छ।’
बितेको चार दशकपछि अफगानिस्तानले स्वतन्त्र रूपमा आफ्नो निर्णय आफै लिन पाएको पनि बताए ।
उनले अफगानी नागरिकले आर्थिक समस्याका कारण सयौँले दिनहुँ देश छाडेको स्वीकार्दै छिमेकी देशसँग शरणार्थीहरूका लागि सीमा खोल्न तथा भिसाको नियम लागू गर्न पनि अनुरोध गरेका छन् ।
अफगानिस्तानमा तालिबान सरकार आएसँगै महिलाको अवस्था निकै नाजुक भएको अधिकारकर्मीहरूले जनाएका छन् ।
हालचालै तालिबानले ७२ किलोमिटरभन्दा धेरै दुरी यात्रा गर्न महिलाको साथमा नातेदार पुरुष हुनुपर्ने नियम ल्याएको छ । यस नियमअनुसार महिलाले एक्लै यात्रा गर्न पाउने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।