‘ए’ डिभिजन लिग : जावलाखेलको सहज जित

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि २-० को सहज जित हात पारेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले १-१ गोल गरे ।

खेलको ५०औं मिनेटमा विपिनले जावलाखेललाई अग्रता दिलाएका थिए । उनले ओनगुना जुनियरको क्रसमा पासाङ लामाले क्लियर गर्ने नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

७०औं मिनेटमा फर्नान्डेसले टोलीको अग्रता दोब्बर बनाए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।  

योसँगै प्रतियोगितामा दोस्रो जित निकालेको ६ खेलमा ७ अंक जोड्दै जावलाखेल नवौं स्थानमा उक्लिँदा ८ अंकका साथ जावलाखेल पाँचौं स्थानमा कायम छ ।   





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १५:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया