बिग बास लिग : म्याकडेर्मोटको शतकमा होबार्ट विजयी

बिग बास लिग (बिबिएल)अन्तर्गत सोमबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सले एडिलेड स्ट्राइकर्समाथि ७ विकेटको जित हात पारेको छ ।

१७६ रनको विजयी लक्ष्य होबार्टले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । होबार्टका लागि बेन म्याकडेर्मोटले शतकीय पारी खेले । 

११० रनमा अविजित रहेका म्याकडेर्मोटले ६० बलको सामना गर्दै १२ चौका र ५ छक्का प्रहार गरे । डार्सी सर्टले ३७ रनको योगदान दिँदा टिम डेविड ६ रनमा अविजित रहे । एडिलेडका लागि जर्ज गार्टन, कप्तान पिटर सिडेल र राशिद खानले १-१ विकेट लिए । 

यसअघि होबार्टको घरेलु मैदान बेलिरिभ ओभलमा टस जितेर ब्याटिङ राजेको एडिलेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

एड्लेडका लागि म्याट रेनशा र जेक वेदरल्डले अर्धशतकिय पारी खेले । ६३ रन बनाएका रेनशाले ४१ बलमा ९ चौका प्रहार गरे । 

वेदरल्डले ४३ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाए । थोमस केलीले २८ रनको योगदान दिए । 
होर्बाटका लागि रिले मेरिडिथले ३ तथा थोमस रोजर्स र नाथन इल्सले १-१ विकेट हात पारे । ३ ओभर बलिङ गरेका सन्दीप ३१ रन खर्चिदै विकेट विहीन बने । 



यो जितसँगै ६ खेलमा १४ अंक जोडेको होबार्ट तेस्रो स्थानमा रहँदा एडिलेड ७ अंकका साथ छैटौं स्थानमा छ ।  
 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १६:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया