लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
सोमबार लोसपाको केन्द्रीय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिए ।
उनले एक व्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताए ।
ठाकुरले भने, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । उक्त निर्णयप्रति हाम्रो आपत्ति हो। धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णयहरू गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनित गर्न मिल्दैन ।’
उनले पार्टी अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।