गण्डकी प्रदेश : डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत असोज २५ गते नियुक्त भएका मन्त्री डोबाटेलाई नियुक्तिको साढे दुई महिनापछि मन्त्रालयको व्यवस्था गर्न लागेका हुन् ।  

पोखरेलले आफूमातहतमा रहेको आन्तरिक मामिला फुटाएर विश्वकर्मालाई जिम्मेवारी दिन लागेका हुन् । यसअघि डोबाटेलाई विभिन्न प्रतिष्ठान हेर्ने गरी जिम्मा दिने र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत राख्ने चर्चा थियो ।

गण्डकीमा पहिलोपटक मत्रिमण्डल विस्तार हुँदा नै मन्त्री बन्ने चर्चाम रहेका विश्वकर्मालाई तेस्रोपटकको मन्त्रिपरिषद् विस्तारमा मन्त्री बनाइएको हो । मन्त्री भएपछि विकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एउटा कोठा प्रयोग गर्दै आएका थिए ।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १७:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया