भाइ-बहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो  : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयता कायम गरेको बताएका छन् । १४औँ महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् । 

कांग्रेस सभापति देउवाले केन्द्रीय कमिटीको बैठकमार्फत कोइरालालाई २०औँ नम्बरको वरीयता कायम गरेका थिए । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने कोइरालाको तर्क छ ।  

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए । 

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख २० गतेभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए । 

तपाईंनिकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनुहुँदैन होला नि ? भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् ।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १८:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया