अब मेडिकल कलेज र निजी अस्पतालले पनि खोप लगाउन पाउने
फरकधार / १२ पुस, २०७८

अबदेखि सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमता भएका निजी अस्पताले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पताललाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । 



यसअघि सरकारी स्वास्थ्य संस्थामार्फत मात्र खोप लगाउने व्यवस्था थियो । अब निजी क्षेत्रबाट पनि खोप लगाउन पाइने व्यवस्था मिलाउन लागिएको हो । 

उनीहरूले खोप केन्द्र सञ्चालन गर्न चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिको उमेरसमूहका नेपाली नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

खोप उपलब्धतताको आधार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगाउन पाइनेछ । अहिलेसम्म निजी क्षेत्रलाई खोप केन्द्र सञ्चालनको अनुमति दिइएको थिएन । 



सरकारले खोप अभियानलाई प्राथमिकतामा राखेको छ । खोप भण्डारणमा एक करोड डोजभन्दा बढी खोप थन्किएर बसेको छ । उक्त खोपलाई लक्षित वर्गसम्म जति सक्दो चाडो पुर्याउनको लागि मन्त्रालयले खोपको दायरा बढाएको हो । 

नेपालमा आजसम्म एक करोडभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अर्थात् लक्षित जनसंख्याको ५१ प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसकेका हुन् ।

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १८:५५:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया