भाजपा मेयरलाई आमआदमीले हरायो, पहिलोपटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी

भारतको दिल्लीमा पकड जमाएको आमआदमी पार्टीले दिल्लीबाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ ।

चन्डीगढमा भएको नगरपालिका चुनावमा आमआदमी पार्टी सबैभन्दा धैरै सिट जित्ने पार्टी बनेको छ । आमआदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ । 

त्यहाँ भाजपाले १२ र कांग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ । चन्डीगढमा भाजपाका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । 

उनलाई आपका उम्मेदवारले पराजित गरेका हुुन् । आमआदमी पहिलोपटक चन्ढीगढमा चुनावी मैदानमा उत्रिएको थियो । 

जितपछि दिल्लीका मुख्यमन्त्री एवं आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालले ट्विट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाई दिएका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘चन्डीगढ नगर निगममा आमआदमी पार्टीको यो जित पञ्जाबमा आउने लागेको बदलाव हो।’



गत निर्वाचनमा उक्त नगरपालिकामा भाजपाले २० सिट जितेको थियो । 

 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार २०:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया