यात्रा नीतिमा परिवर्तन गरिएको छैन : कतार

कतार सरकारले यात्रा नीतिमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ । यात्रा नीतिको बारेमा विभिन्न हल्ला चलेपछि कतार सरकारले यस विषयमा स्पष्ट पारेको हो । 

कतार जनस्वास्थ्य मन्त्रालय (एमओपिएच) ले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् जानकारी सार्वजनिक गर्दै पछिल्लो समय यात्रा नीतिको बारेमा फैलिएको अफवाहप्रति विश्वास नगर्न पनि आग्रह गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई आधार बनाएर विभिन्न अनलाइन र सामाजिक सञ्जालले कतारले यात्रा नीतिमा परिवर्तन गरेको भनेर लेखेका थिए । तर, सरकारको तर्फबाट अहिलेसम्म नयाँ यात्रा नीतिबारे आधिकारिक धारणा सार्वजनिक नभइसकेको एमओपिएचले जनाएको छ।

साथै, एमओपिएचले सबै नागरिकले बुस्टर खोप निशुल्क पाउने पनि बताएको छ । मन्त्रालयले तेस्रो मात्राको खोप अनिवार्य भएको र पहिलो तथा दोस्रोको मात्रामा बढी प्रभावकारी भन्दै नलगाएको खण्डमा विभिन्न समस्या आउनसक्ने समेत जनाएको छ । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १०:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया