पहिलो संस्करणको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले मंगलबार च्याम्पियनसिप आयोजनाको जिम्मेवारी आफूले पाएको जानकारी दिएको हो । च्याम्पियनसिप सन् २०२२ मा आयोजना हुने भनिए पनि मिति भने खुलाइएको छैन ।
बंगलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।