एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा महिलातर्फको उपाधि नेपालले हात पारेको छ ।
ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि उचालेको हो ।
२५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६–२४ ले गुमाएको थियो ।
तेस्रो सेट २५–१५ ले नेपालले जित्दा चौथो सेट २२–२५ ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानले खेललाई पाँचौ तथा अन्तिम सेटसम्म पुर्याएको थियो ।
निर्णाय पाँचौ सेट १५–१० ले आफ्नो पक्षमा पार्दै नेपालले उपाधि रक्षा गर्यो ।
अपराजित रहँदै उपाधि रक्षा गरेको नेपालले लिग चरणमा श्रीलंकालाई ३–२ र माल्दिभ्स, आयोजक बंगलादेश र उज्वेकिस्तान र किर्गिस्तानलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपाल शीर्ष र उज्वेकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । महिलातर्फ ६ टोलीको सहभागिता थियो ।
पुरुषतर्फ पनि नेपालले तेस्रो स्थानका लागि आजै उज्वेकिस्तानको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।