एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतसमक्ष २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनायो ।
नेपालका लागि वसिर अहमेद र विवेक मगरले अर्धशतकीय इनिङ्स खेले । ६१ बलको सामना गरेका वसिरले ७ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए ।
५० रन जोडेका विवेकले ७१ बलमा ७ चौका प्रहार गरे । मोहम्मद आदिल अलामले ४९ रनको योगदान दिए ।
कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले ३–३ तथा हेनरी थोमस र मोहम्मद बासटाकीले २–२ विकेट लिए ।
अघिल्ला दुवै खेल गुमाएर समूह ‘बी’बाट समूह चरणबाटै बाहिरिएको नेपाल कुवेतलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ तथा दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।
यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।