एमाले छाडेर समाजवादीमा आउनेको चिन्ता ओलीकै चरित्रको सिकार भइने त होइन भन्ने छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमानदारिता, निष्ठा र समर्पण हुँदा जनताको विश्वास जित्न सकिने बताएका छन् । 

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच भएको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीतर्फ इंकित गर्दै इमानदारिता र समर्पित हुने भावना समाप्त भएको टिप्पणी गरे । 

‘मुल कुरा इमानदारिता, निष्ठा र समर्पण हो । यो छ भने जनताको विश्वास जित्नसक्छ,’ उनले ओलीतर्फ इंकित गर्दै भने, ‘केही मानिसहरूमा इमानदारिता हराएर जाँदो रहेछ । केही मान्छेमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । ऊ व्यक्तिवादको सिकार हुन्छ । म सोच्न थाल्छु । मबाट कहाँ आउँछ, ‘बा’ मा आउँछ । म नै बा हो । हामी त्यस्ता प्रवृत्तिको विरोधी हौँ ।’

साथै, उनले आफू टुलुटुलु हेरेर बस्ने मान्छे नभएको बताए । ‘समस्या छ भने भाग्ने होइन् । समस्या छन भने धेरै विचार पुर्याउनुपर्छ,’ उनले भने । 

साथै, उनले एमाले छाडेर समाजवादीमा प्रवेश गर्नेको संख्या बढ्दै गएको बताए । ‘आज बिहान एउटा कुरा भएको थियो, केही कमरेडहरू एमाले छाडेर फेरि एकीकृत समाजवादीमा आउनका लागि कुरा गर्नुभएको रहेछ’ उनले भने, ‘अनि उहाँले चिन्ता जाहेर गर्दै हुनुहुन्थ्यो, कतै यो एकीकृत समाजवादी पनि केपी ओली चरित्रकै सिकार हुने त होइन् ? उस्तै उस्तै त हुने होइन् ? के कुरामा भिन्न हुने होला ?’





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १५:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया