ब्राजिलमा भीषण वर्षा,  २० जनाको मृत्यु

ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ  ।

वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १५:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया