एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा पुरुष्ततर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा मंगलबार नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
उज्वेकिस्तानले खेल २५–१५, २५–१७ र २५–२१ ले आफ्नो पक्षमा पार्दै लिग चरणमा बेहोरेको हारको बदला लियो । लिग चरणमा नेपालले ३–१ सेटको जित हात पारेको थियो ।
महिलतर्फ भने नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।