यु–१९ एसिया कप : लगातार तेस्रो  पराजय बेहोर्दै नेपाल अंकविहीन

एसिसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कुवेतले मंगलबारको खेलमा नेपालमाथि  १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

२४० रनको विजय लक्ष्य कुवेतले ४८.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतका लागि कप्तान मित भवसारले अविजत १७५ रनको उत्कृष्ट  पारी खेले । १४९ बलको सामना गरेका उनले २४ चौका र १ छक्का प्रहार गरे ।

जुडे सालदान्हले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि गुल्सन झाले ३, शेर मल्ल ,वसिर अहमेद र विवेक यादवले २–२ विकेट हात पारे ।

यसअघि दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो । 

नेपालका लागि वसिर अहमेद र विवेक मगरले अर्धशतकीय पारी  खेले । ६१ बलको सामना गरेका वसिरले ७ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए । 



५० रन जोडेका विवेकले ७१ बलमा ७ चौका प्रहार गरे । मोहम्मद आदिल अलामले ४९ रनको योगदान दिए । 

कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले ३–३ तथा हेनरी थोमस र मोहम्मद बासटाकीले २–२ विकेट लिए । 



समूह ‘बी’बाट समूह चरणबाटै बाहिरिएको नेपाल तीनै खेलमा पराजय बेहोर्दै अंकविहीन बन्यो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ तथा दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । 

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
 

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १८:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया