विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति : बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेको

बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेको वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन भएका छन् । अर्गनाइज्ड क्राइम एन्ड रिपोर्टिङ प्रोजेक्ट (ओसिसिआरपी)ले  
उनलाई सर्वाधिक भ्रष्ट सूचीको १ नम्बरमा राखेको हो । 

चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी, सिरियाका राष्ट्रपति बसर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्वचान्सलर सेबेस्टियन कर्ज सामिल थिए ।

सिसिआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा एलेक्जेन्डर लुकासेको चुनिएका हुन् । संस्थाका अनुसार ६ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकासेकोको नाम सर्वसम्मतिले चुनिएको हो । 

संस्थाका अनुसार लुकासेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप छ । उनीमाथि हजारौँ शरणार्र्थीलाई भड्काएर युरोपेली संघका साथ सीमासंकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकासेकोमाथि कोभिडको फर्जी उपचार र त्यसबारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया