उपाधि विजेता नेपाली महिला टिमलाई प्रधानमन्त्रीले दिए बधाई

बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । आज साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेको हो ।

प्रधानमन्त्री देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन् । 'एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई' उनले लेखेका छन् ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया