खुमबहादुर खड्काको स्मृतिमा सर्वाधिक पुरस्कार राशिको टेबल टेनिस प्रतियोगिता हुने

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृति दिवसको अवसरमा दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । 

युथ अफ तुलसीपुरको आयोजनामा पुस १६ गतेदेखि १८ गतेसम्म दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो । २५ जिल्ला र ३ विभागीय टोली सहभागी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशि भएको टेबल टेनिस प्रतियोगिता रहेको आयोजकले दाबी गरेको छ ।

आयोजक संस्था युथ अफ तुलसीपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए ।  

प्रतियोगितामा २५ जिल्लाका तीन विभागीय टोलीसहित दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष वसन्त गिरीले जानकारी दिए । प्रतियोगिता तीन इभेन्टमा खेलाइनेछ । 

प्रतियोगिताको विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र, मेडल जित्नेछन् । प्रतियोगिता तुलसीपुरको कर्भड हलमा हुनेछ । खेलाडीको बस्ने, खाने र यातायात खर्चसमेत आयोजकले बेहोर्ने बताएको छ ।

१६ गते बिहान ९ बजे प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख बढी लागत लाग्ने आयोजकले अनुमान रहेको छ । 



युथ अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सल्लाहकार अरुण लहरेले गरेका थिए ।



  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया