एभिसी सेन्ट्रल जोनमा विजयी महिला भलिबल टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।

मंगलबार बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो । बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो ।

उपाधि जितेसँगै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत महिला टोलीलाई बधाई दिएका हुन् ।

‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई’ देउवाले लेखेका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २१:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया