देशका धेरै स्थानमा हिमपात र वर्षा, सतर्कता अपनाउन मौसमविदको अनुरोध
फाइल तस्बिर

हाल देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको हो । 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ ।  

बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ६:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया