लेस्टरसँग लिभरपुल पराजित, पेनाल्टीमा चुके सलाह

इंग्लिस प्रिमियर लिगअन्तर्गत घरेलु टोली लेस्टर सिटीले लिभरपुलमाथि १-० को कठिन जित हात पारेको छ ।

गएराति किङ्ग पावर स्टेडियममा भएको खेलको ५९ औं  मिनेटमा एडिमोला लुकमनले गरेको एक गोल नै लेस्टरलाई जित दिलाउन प्रयाप्त बन्यो ।

लिभरपुलले १५ औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता लिने मौका पाए पनि मोहम्मद सलाह सफल हुन सकेनन् ।

यो जितसँगै १८ खेलमा २५ अंक जोडेको लेस्टर नवौं स्थानमा रहँदा लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो  स्थानमा छ ।  






  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ७:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया