बराबरीमा रोकिए साउथह्याम्पटन र टोटेनहम

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा १० खेलाडीमा सीमित घरेलु टाेली साउथह्याम्पटन र टाेटेनहम बराबरीमा राेकिएका छन् । सेन्ट मेरिज स्टेडियममा दुवै टाेलीले १-१ को बराबरीमा खेलेका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा साउथह्याम्पटन अंक बाँड्न बाध्य भयो । खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ३९ औं मिनेटमा मोहम्मद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएकाे थियाे ।

४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । ५३ औं मिनेटमा केनले गोल गरे पनि भिएआरमा अफसाइड देखिएपछि त्यसले मान्यता पाएन ।

याे बराबरीसँगै १७ खेलमा ३० अंक जोडेको टोटेनहम छैटौं स्थानमा रहँदा साउथह्याम्पटन १९ खेलबाट २१ अंकका साथ १३ औं स्थानमा  छ । लिगअन्तर्गत मंगलबार नै भएको अन्य खेलमा क्रिस्टल प्यालेसले नर्विचलाई ३-० तथा वेस्ट ह्यामले वाट्फोर्डलाई ४-१ ले हराए ।  






  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ७:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया