इजरायलमा एभियन फ्लू रोक्नको लागि दस हजार टर्की मारिने

इजरायल सरकारले दस हजारभन्दा धेरै टर्की मार्ने भएको छ । एभियन फ्लू रोक्नका लागि सरकारले टर्की मार्ने भएको हो ।

एभियन फ्लूको कारण पाँच हजारभन्दा धेरै सारस मरेका छन् । पर्यावरणमन्त्री तमार जान्डबर्गले इजरायलको इतिहासमा वन्यजीवका लागि सबैभन्दा घातक अवस्था आएको बताइन्।

यति मात्र नभई किसानलाई पनि करिब पाँच लाख कुखुरा मार्ने आदेश सरकारले दिएको छ । जसले गर्दा अण्डा आपूर्तिमा समस्या आउने देखिन्छ ।

यद्यपि मानिसमा भने यो भाइरस देखिएको छैन ।

प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार र बाँकी विशेषज्ञसँग कुरा गरी यस भाइरसलाई रोक्नेसम्बन्धमा चर्चा गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पंक्षीबाट मानिसमा कुनै पनि भाइरस सर्नु निकै दुर्लभ घटना मानिन्छ । सन् २००३ मा भने पंक्षीबाट मानिसमा भाइरस सरी विश्वभर ४५६ जनाले ज्यान गुमाएका थिए ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ८:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया