फ्रान्समा कोरोनाको नयाँ रेकर्ड : एकैदिन थपिए एक लाख ७९ हजार संक्रमित

फ्रान्समा एकैदिन हालसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा फ्रान्समा अहिलेसम्मकै बढी एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो ।  

त्यस्तै, सोही अवधिमा बेलायतमा १ लाख २९ हजार र स्पेनमा ९९ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा बढिरहेकाले सर्तक रहन सबैलाई अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ८:१४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया