बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने

सुदूरपश्चिमको बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भएको छ । जिल्लाको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भएको हो । 

पुर्चौंडी नगरपालिकाको ७ र ८ मा पर्ने कालिढुंगा र घरकट्ट्यामा फलाम खानी रहेकाले सम्भाव्यता अध्ययन गरिन लागेको बताइएको छ ।

उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली समेत आएको छ । सुरुमा उक्त क्षेत्रको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलाेजिस्ट ठाकुर कँडेलले बताए ।

उनले भने, ‘वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं । पहिला फलाम उत्खनन गरेकाे ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौं र त्यसपछि जमिनमुनि फलाम रहे नरहेकोबारे अध्ययन हुन्छ ।’  

दुई तरिकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने बताउँदै भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसेसमेन्ट तरिका र म्याग्नेसियम तरिकाबाट अध्ययन हुने जानकारी दिए ।

भूगर्भविद्हरूको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया सुरु हुने बताइएको छ। 



फलाम खानी सञ्चालन गर्न सके पुर्चौंडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने स्थानीयहरूको भनाइ छ।
 



  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ८:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया