चिसो बढेपछि हेटौँडाका विद्यालय बन्द, हिमपातले त्रिभुवन राजपथ अवरुद्ध

चिसो बढेपछि हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालय बुधबार बन्द हुने भएका छन् । उपमहानगरपालिका अन्तर्गतको शिक्षा विकास महाशाखाले सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बन्द गर्ने जनाएको हो । 

तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै नगरप्रमुखको आदेशअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । हेटौँडामा मंगलबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

त्रिभुवन राजपथ अवरुद्ध 

बिहानैदेखिको निरन्तर हिमपातले मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा हुँदा हेटौँडा-काठमाडौं जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बिहानैबाट सुरु भएको हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

थाहा नगरपालिकासँग समन्वय गरेर सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ९:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया