ऋषभले तोडे धोनीको रेकर्ड

भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले पूर्वकप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका छन् । 

दक्षिण अफ्रिकाविरुद्ध जारी ३ टेस्ट सिरिजअन्तर्गत पहिलो खेलमा तीन क्याच लिएसँगै ऋषभ भारतका लागि सबैभन्दा छिटो १०० सिकार गर्ने विकेटकिपर बनेका हुन् ।  

ऋषभले मात्र २६ टेस्टमा यो रेकर्ड आफ्नो नाममा गराए । यसअघि यो रेकर्ड धोनीको नाममा थियो । उनले यसका लागि ३६ टेस्ट लगाएका थिए । 

१०० सिकार बनाउने क्रममा ऋषभले ९२ क्याच र ८ स्टम्पिङ गरेका छन् । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १३:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया