हिमपातले सेताम्मे खप्तड (तस्बिरहरू )

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड मंगलबार राति परेको वर्षासहितको हिमपातले सेताम्मे भएको छ ।

सुदूरपश्चिमको बाजुरा, बझाङ, अछाम, दार्चुदा, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो । हिमपात रोकिए पनि धेरै ठाउँमा पानी अझै परिरहेको छ ।

डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजेपछिबाट पानीसँगै हिउँ पर्न सुरु भएको थियो । डडेल्धुराको अनारखोली, हगुल्टे क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए ।

बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझ लगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।  यस्तै, बाजुरामा पनि हिमपात भएको छ । जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताए ।

हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीय बढी प्रभावित बनेका छन् ।

जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएको छ । तीनदेखि मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन् । लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन् ।



त्यसैगरी दार्चुलाको उच्च हिमाली क्षेत्र तिङ्कर, छांगरु, दुम्लिङ र खण्डेश्वरीमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । अछाममा पनि  हिमपात र वर्षा भएको छ ।



  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १५:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया