हिमपातले सुदूपश्चिमका पहाडी राजमार्ग अवरुद्ध, यात्रु बाटोमै अलपत्र

बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातका कारण धेरै ठाउँमा यातायात अवरुद्ध बनेका छन् । मंगलबार रातिदेखि भएको हिमपातका कारण सडक चिप्लो भई यातायात अवरुद्ध बनेको हो । हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका छन् ।

जयपृथ्वी राजामार्गअन्तर्गत बैतडीको बजपानी, ढोल्यामोड,र्सिभावरमा सडक अवरुद्ध छ । अहिलेसम्म पनि निरन्तर हिमपात भइरहेको छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ । 

मंगलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । जयपृथ्वी राजमार्गको बजपानी, ढाल्यामोड, र्सिभावरमा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रशासनका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

सडक क्षेत्रको हिउँ पन्छाउन डिभिजन सडक पाटनको टोली र प्रहरी त्यसतर्फ गएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १८:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया