नयाँ कलाकारलाई करण जौहरको कटाक्षः बक्स अफिसमा जिरो, पारिश्रमिक करोडौँ

बलिउडका फिल्म निर्माता करण जौहरले नयाँ कलाकारले माग्ने गरेको पारिश्रमिकबारे टिप्पणी गरेका छन् । फिल्म मेकिङमा अब्बल ठहरिएका जौहरले बक्स अफिसमा जिरो भए पनि नयाँ कलाकारले पारिश्रमिक भने करोडौँ माग्ने गरेको भन्दै कटाक्ष गरेका हुन् । 

९० दशकको समयमा ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’ र ‘माई नेम इज खान’ जस्ता हिट फिल्म दिका करणले वरुण धवन, आलिया भट्ट, अनन्या पाण्डे, सिद्धार्थ मल्होत्रा, जाह्नवी कपुरजस्ता कलाकारलाई डेब्यु गराएका थिए । छन् । उनले स्टार किड्स मात्र होइन, नयाँ अनुहारलाई पनि फिल्म उद्योगमा अवसर दिइरहेका छन् ।

अहिले करण नयाँ पुस्ताका सन्तानलाई फिल्म उद्योगको हिस्सा बनाउने योजना बनाइरहेका छन् । तर, उनी नयाँ पुस्ताको मागप्रति चिन्तित छन् । नयाँ पुस्ताका कलाकारहरूले निर्मातालाई मोटो रकम पारिश्रमिक माग्न थालेपछि करण उनीहरुको कार्यशैलीप्रति रुष्ट छन् ।

‘बिजनेस मेगास्टार र ए–लिस्टर्स लिएर आउन् । तर, नयाँ र युवापुस्ताका अनुहारले मोटो रकम पारिश्रमिकको माग गरेको देख्दा म चकित छु । कोरोना महामारीपछि कलाकारले चर्को पारिश्रमिक माग्न थालेका छन् । उनीहरूले पछिल्लो फिल्म नचलेपछि पारिश्रमिक बढाएको मसँग बताउने गरेका छन् । केही फिल्म रिलिज नै भएका छैनन्’, करण भन्छन् ।

करणको बुझाइमा नयाँ पुस्तालाई बक्स अफिसमा आफूलाई प्रमाणित गर्न बाँकी नै छ । त्यसका बाबजुद पनि उनीहरु २० देखि ३० करोड पारिश्रमिक मागिरहेका छन् । ‘उनीहरूलाई फिल्मको रिपोर्ट कार्ड देखाउनुपर्छ । अनि ‘हेल्लो, हेर, तिम्रो फिल्मको ओपनिङ यति भएको छ र तिमी मसँग यति करोड माग गर्छौ’ भन्ने अवस्था आएको छ । बक्स अफिसमा जिरो छन्, पारिश्रमिकचाहिँ करोडौँ माग्छन्’, करण अगाडि भन्छन् । करणका अनुसार उनी फिल्ममा राम्रो काम गर्नेलाई डलरमै दिन तयार छन् ।

करण पाँच वर्षपछि फिल्म निर्देशन गर्दै छन् । उनले पछिल्लोपटक ‘ये दिल है मुस्किल’ निर्देशन गरेका थिए ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १८:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया