भारतको पश्चिमी राज्य गोवामा राखिएको पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको सालिकको विषयमा विवाद भएको छ ।
कुनैवेला पोर्चुगलको उपनिवेश रहेको उक्त राज्यमा हालै मात्र रोनाल्डोको सालिक अनावरण गरिएको थियो ।
गोवा राज्य सरकारले गोवाबासी युवाहरुको मागअनुसार सालिक निर्माण गरी अनावरण गरेको थियो । गोवामा पोर्चुगलको राष्ट्रिय टिमलाई समर्थन गर्नेको बाहुल्य छ ।
आलोचकहरुले भने पोर्चुगलबाट ६० वर्ष अघि स्वतन्त्र भइसकेको गोवामा पोर्चुगलका फुटबल खेलाडीको सालिक राख्नुले गलत सन्देश गएको बताएका छन् ।
यसले स्वतन्त्रता सेनानीहरुको अपमान भएको उनीहरुको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।