आजकाे माैसम : पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज(बिहीबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहने छ । प्रदेश-१, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ 

 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ७:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया