महात्मा गान्धीको आलोचना गर्ने कालीचरण पक्राउ

भारतको रायपुरको धर्म संसदमा महामत्मा गान्धीको चर्को आलोचना गरेका कालीचरण महाराजलाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ । कालीचरणको गिरफ्तारी मध्य प्रदेशबाट भएको हो । त्यहाँबाट उनी पक्राउ परेपछि यसले मध्य प्रदेश सरकार र छत्तिसगढ सरकारका विषयहरु बाझिएका छन् ।

बागेश्वर धाममा रहेको एक व्यक्तिको घरबाट कालीचरण पक्राउ परेका हुन् । उनले त्यहाँ नजिकैको एउटा होटलमा आफ्ना लागि कोठा राखेका थिए । तर, उनी एक व्यक्तिको घरमा बसिरहेका थिए । 

प्रारम्भिक जाँचपछि प्रहरीले कालीचरणलाई राजद्रोहको धारा जोडेर मुद्दा लगाउने तयारी गरेको छ ।

त्यहाँका प्रहरी अधिकारीका अनुसार कालीचरणलाई लिएर रायपुरको प्रहरी रायपुरमा पुगेको छ । त्यहाँको स्थानीय अदालतमा उनीविरुद्ध मुद्दा लगाइने तयारी गरिएको छ । 

प्रहरीका अनुसार उनलाई पक्राउ गर्न प्रहरीले तीन वटा विभिन्न राज्यमा प्रहरीको समूह पुगेको थियो । 

यसअघि रायपुरको एउटा धर्म संसदको भिडियो निकै चर्चित भएको थियो जसमा कालीचरणले मन्चमा नै महात्मा गान्धीलाई गाली गरिरहेको सुन्न सकिन्छ । भिडियोमा उनले अभद्र शब्दमा गान्धीलाई आलोचना गरेको र नाथुराम गोड्सेको प्रशंसा गरेको सुन्न सकिन्थ्यो ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १२:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया