बझाङमा मृत अवस्थामा दुई पुरुष फेला
सांकेतिक तस्बिर

बझाङमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा छविसपाथीभेरा- ७ का एक र अर्का सुर्मा-१ का रहेका छन् । दुवै फरक-फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका- ७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् । 

यता सुर्मा गाउँपालिका-१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए। 

उनी गत मंगलबारबाट हराएका थिए । हिजाेसम्म पनि घर नफर्केपछि प्रहरीले उनकाे खाेजतलास गरेकाे थियाे ।

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान प्रहरीकाे छ ।

दुबै जनाको थप अनुसन्धान गर्न र पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १३:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया