मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा संक्रमण बढेको हो ।
यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलमा हुने विविध कार्यक्रममा प्रतिबन्ध लगाइएको बताइएको छ ।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
रातिमा कर्फ्यु नलगाइने तर पनि मानिस जमघट हुने र समारोह गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।
यहाँ पनि पछिल्लो समयमा कोरोनाका संक्रमित बढेका पाइएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तिमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज भने कम्तिमा पनि दुई हजार जना संक्रमित भेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।