अफगानिस्तान छोडेको तीन महिनापछि अशरफ गनीले भने– म पैसा लिएर भागेको होइन

अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले आफूमाथि लागेको पैसा लिएर भागेको भन्ने आरोप निराधार भएको बताएका छन् । 

तालिबानले काबुल कब्जा गर्ने निश्चित भएपछि गत अगष्टमा उनी अफगानिस्तानबाट भागी युनाइटेड अरब इमिरेट्स (युएई) गएका थिए । 

अफगानिस्तान छोडेको तीन महिनापछि बिबीसीसँग कुराकानी गर्दै उनले आफूले काबुल छोड्दा थुप्रैको ज्यान बचेको दाबी गरेका छन् । ‘अफगानिस्तान छोड्दा मैले पैसा लिएर आएको छैन,’ उनले भने । 

पूर्वराष्ट्रपति गनीले अफगानिस्तान छोड्दा जहाज भरी पैसा लिएर युएई गएको भन्ने समाचार प्रकाशित भएका थिए । 

उनले सही समयमा आफूले देश छोड्ने निर्णय लिएको समेत जनाएका छन् । काबुललाई बर्बादी हुनबाट जोगाउन आफूले उक्त निर्णय लिएको उनले बताए । अगष्ट १५ दिन विहान उठ्दासम्म अफगानिस्तान रहने आफ्नो लागि अन्तिम दिन भएको जानकारी नभएको उनले जनाए । 

तालिबानले सहमति विपतिर कार्य गरेका कारण आफू अफगानिस्तान छोड्न बाध्य भएको उनले खुलाएका छन् । तालिबानले काबुलमा प्रवेश नगर्ने सहमति गरेको दुई घण्टा बित्न नपाउँदै उक्त सहमति तोडेपछि परिवारसहित आफू युएई आएको उनले जनाएका छन् । 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १४:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया